काठमाडौं । एनएमबी बैंकले चालु आवको तीन महिनामा झण्डै एक अर्ब अर्थात ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको मुनाफा २० प्रतिशतले घटेको छ ।
कूल १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजि भएको बैंकको ब्याज आम्दानी उल्लेख्य रुपमा बृद्धि भएको छ । गत आवको तुलनामा बैंकको ब्याज आम्दानी २४.४९ प्रतिशतले बृद्धि भई एक अर्ब ९९ करोडबाट बढेर दुई अर्ब ४८ करोड पुर्याउन सफल भएको छ ।
बैंकको आम्दानी बृद्धि भएपछि इम्पेरिमेन्ट चार्ज बढेको कारण मुनाफा घटेको देखिएको हो । तीन महिनाको अवधीमा बैंकको इपिएस १९.९५ रुपैयाँ रहेको छ । त्यस्तै, पिई रेसियो ११.७८ रुपैयाँ रहेको छ भने नेटवर्थ १७८.६४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया