झापा । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट बनेर विरोधका कार्यक्रम गर्दै आएका पहिचानवादी संगठनका कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको बुधबारेमा कालोझण्डा देखाएका छन्।
पूर्वका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी बुधबार झापा आएका हुन्।
झापाबाट इलाम जाने क्रममा बुधबारेस्थित रामजनकी मन्दिरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा पहिचानवादी कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका थिए ।
प्रहरीले त्यस क्रममा उनीहरुलाई रोकेको थियो । केही कार्यकर्तालाई पक्राउ समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्ता विरोधले एमालेलाई केही फरक नपर्ने प्रतिक्रिया दिए । उनले चुनाव जितेर प्रदेश सभामा पुगेर प्रदेशको नाम संशोधन गर्न चुनौती दिए ।
प्रतिक्रिया