हाकिम (कथा)

विहीबार, १४ बैशाख २०८०
कृष्ण अधिकारी रवि धानुक एउटा फायल लिएर हाकिमकको टेबुल अगाडि गयो । हाकिम मोबाइलमा कसैसँग कुरा गर्दै थियो । कुरा सकेर उसले टेबुलको ड्र तान्यो र एउटा ऐनको किताव निकाल्यो र पल्टाउन थाल्यो । रवि धानुकले फायल अलिक ठेलो टेबुलमा हाकिमले हेरोस् र सही गरिदेओस् भन्ने आशय थियो उसको ठेलाईमा । के हो ? भन्दै उसले दुईवटा पाना पल्टायो फायलको, अनि उचालेर फालिदियो टेबुलको पल्लो छेउमा । झण्डै झण्डै टेबुलबाट फायल झरेको । के भो हजुर ? सोध्यो रबिले । अधिकृतको सही खै ? उल्टै प्रश्न ग¥यो उसले । यी गरेको छ त भन्दै देखायो रबिले । यो सुब्बा हो, यसले मात्रै कहाँ हुन्छ ! भन्यो हाकिमले । स्नातक सक्ने बित्तिकै अधिकृत पाश गरेको थियो लोक सेवा दिएर । त्यसको केहि वर्षपछि बढुवा भएर यो पदमा आएको हो । उ भन्दा माथि पनि एउटा हाकिम छन् । उनलाई सबैले ठूला हाकिम भन्छन् । ठूला हाकिमले केही काम गरेको देखिदैन । उनी मिटिङमा जान्छन् । फोन गर्छन । घरिघरि बाहिर निस्केर सेवाग्राही र साना कर्मचारीलाई आँखा तरेर हेर्छन र आफ्नो कोठामा पस्छन् । केहिबेर अगाडि उनको कोठामा एउटा ठूलै खाले व्यापारी पसेको थियो । एक छिनमा दुईवटा कफी र केक पनि भित्रिएको छ । बाहिर पट्टि मिटिङमा भनेर लेखिएको छ । रवि फायल बोकेर अधिकृत खोज्न गयो । चार नम्बर कोठामा पुगेर भित्र हे¥यो । कुर्सी खाली थियो तर पङ्खा घुमिरहेको थियो । बाहिर निस्केर नाम लेखेको प्लेटमा हे¥यो । त्यहाँ चै भित्र भनेको थियो । फेरि भित्र पसेर कोठाको कुनाकानी सम्म हे¥यो । अहं त्यहाँ कतै अधिकृत थिएन । बाहिर आएर कर्मचारीलाई सोध्यो । उसले ओठ लोप्रयाएर के थाहा भन्ने संकेत ग¥यो । रवि फेरि त्यही हाकिमको कोठातिर गयो । नेमप्लेट तिर हे¥यो । अघि त्यता पट्टि ध्यान पुगेको थिएन उसको । कुशल उपाध्याय रहेछ उसको नाम । रवि भित्र पसो र बिन्ती गरो अधिकृत साहब हुनु हुन्न हजुर म के गरौं ! म के गरौं त ? भोली आउनु, रुखो स्वरमा भन्यो हाकिमले । रवि त्यहाँबाट निस्कियो र सुब्बाको कोठामा गयो । त्यहाँ दुईवटा कुर्सी खाली दिए । एउटा घिमिरे थरको सुब्बा मोबाइलमा गेम खेलिरहेको थियो । म के गरौं सर सही गर्ने अधिकृत हुनुहुन्न ? उसले पिर्लिक्क आँखा पल्टाएर रविलाई हे¥यो र फेरि गेम खेल्न थाल्यो । रवि धानुकसँग बोल्न जरुरी ठानेन उसले । रविले मनमनै सोध्यो, यि कर्मचारीहरु सरकारी कोषबाट तलब खान्छन् । हामीले प्रत्येक उपभोग्य वस्तु भोग गर्दा तिरेको करले बनेको छ त्यो राज्य कोश, तर तिनै हामीहरु यति उपेक्षित छौं । यस्तै सोच्तै उ घर तिर लाग्यो । भोलीपल्ट सार्वजनिक छुट्टि रहेछ । रवि उनै हाकिम कुशल उपाध्यायको घरको बाटो कोदालो बोकेर खेतमा पानी लगाउन जाँदै थियो । हाकिमको घरमा हल्ला खल्ला थियो । आँगनमा गएर के रहेछ भनेर बुझ्न खोज्यो उसले । भान्साको धारा भाँचिएको रहेछ । भान्सा र बैठक कोठामा पानीको तलाउ भै सकेको रहेछ । बेडरुममा पानी नपरोस भनेर हाकिमनी ढोकाको तल पुराना कपडा कोच्तै थिइन र हाकिम बटुकाले पानी उघाएर बाहिर फ्याँक्तै थिए । रवि घरको सिडीं चढ्यो र ओर्लियो । त्यसबेला भाँचिएको धाराबाट पानी पोखिन बन्द भैसकेको थियो । रवि ढोकाबाट बाहिर निस्कियो र सरासर गयो । हाकिम दम्पत्ती वाल्ल परेर उ गएको बाटो हेरिरहे । रवि धानुक एकछिनमा फिरेर आयो । झोलाबाट औजार झिक्यो र धाराको भाँचिएको टुक्रा निकाल्यो । अनि आफैँले लिएर आएको नयाँ धारामा पानीको टेप बेरेर कसिरियो । फेरि सिडी चढ्यो र तुरुन्तै ओर्लियो । झोला काँधमा भि¥यो, र ढोकाबाट बाहिर निस्कियो । हाकिम दगुर्दै रविको पछि गयो र बोलायो, अहँ रवि बोलेन । चिया पिएर त जानुहोस भन्दै हाकिम नि कपमा चिया लिएर आँगन सम्म पुगिन तर उ उभिएन, फिरेर पनि हेरेन । हाकिम्नीले भान्साको नयाँ धारो खोलेर हेरिन पानी आइरहेको थियो । भिजेको बैठक कोठाको गलैँचा सुकाउँदै गर्दा उनले हाकिमलाई सोधिन को मान्छे थियो त्यो ? –मेरो अफिसको सेवाग्राही । हाकिमले जवाफ दियो । –उसको काम गरिदिएका थियौ ? –अहँ । –के काम थियो उसको ? –शुक्रबार फायल बोकेर यताउता हिँडिरहेको थियो, तर के काम थियो थाहा भएन । –उसले के गरयो र पानी रोकियो, के गरी भाँचिएको धाराको टुक्रा झिक्यो थाहा पायौं ? –पाइन । –तिमी धान फलाउन जान्दछौं ? –जान्दिन । –गाई पालेर दूध दुहुन जान्दछौं ? –जान्दिन । –तिमी जान्दछौ चैँ के ? हाकिम्नीले सोधिन् । –मलाई फायल पल्टाएर सही गर्न आउँछ । टिप्पणी सदर गर्न आउँछ । मैले हज्जारौं मान्छेको नागरिकतामा सही गरेकोछु । हाकिमले छात्ती तन्काएर जवाफ दियो हाकिम्नीलाई । –तिमी त्यतिको लागि हाकिम भएका हौ ? तिमीले पन्ध्र वर्ष पढेर स्नातक गरेको उपलब्धि त्यति मात्र हो ? तिमी के जान्दछौ मलाई थाहा छ– उनले भनिन् । –के थाहा छ तिमीलाई ? उत्सुकता साथ सोध्यो हाकिमले ? –तिमीलाई सजिलो बाटोतिर हैन, अप्ठ्यारो बाटोतिर हिड्न आउँछ । ऐन कानुनको आशय बङग्याएर सेवाग्राहीलाई फनफनी घुमाउन आउँछ अनि टेबुलमुनि हात पसारेर घुस लिन आउँछ । तिम्रो हृदयमा राम बसेको छैन । –तिमी मलाई मित्थ्या आरोप लगाउँदै छौं । मैले गरें भने पनि घरकै लागि गरें, तिम्रै लागि गरें, छोरा छोरीको लागि गरें के बिराएँ मैले । हाकिम कड्क्यो । –सम्पत्ती नभए पनि मेरा बा को इज्जत छ, समाजमा ठूलो इज्जत छ । उहाँले धेरै सामाजिक सेवा गर्नु भयो, त्यही छाप मेरो अन्तरमा छ । बा ले सबै काम असल गर्नु भयो । तर एउटै काम कमसल गर्नु भयो, तिमी जस्तो घुस्याहालाई छोरीदिनु भयो । तिमीले घुस खाएर ल्याएको पैसा मैले दराजमा राखेकी छु, तर पैसा दराजमा पस्ता मेरो मनको शान्ति र स्वाभिमान निस्केर हिड्न थालेको छ । घुसको पैसाले किनिदिएका गहना मैले लकरमा राखेकी छु । तर ती गहना लगाएर बाहिर हिड्न सक्तिन म । म सधैं सधैं परिवार नियोजनको गोली खाएर सुत्छु । यसको कारण तिमीलाई थाहा छैन । मेरा छोराछोरीलाई तिमीले लोक रुवाएर कमाएको पापको अन्न खुवाउन नपरोस भनेर । –अति भयो अब । हाकिम जङ्गियो । –ठूलो स्वर गर्नु पर्दैन । यस्तै भैरहने हो भने तिमी रिटायर भएपछि तिमीसँग एउटा साथी रहने छैनन्, आफन्त रहने छैनन्, कुनै शुभचिन्तक रहने छैनन् र सन्तान पनि हुनेछैनन् । अझै पनि समय छ, तिमी सेवाभावले हाकिम बन, सेवाग्राहीको आशिषले हामी सुखी हुने छौं । म नियोजनको दबाई खान छोडिदिन्छु । हाम्रा सन्तानलाई इमान, निष्ठा र सत्कर्मको शिक्षा दिउँ । –आइतबार रवि धानुक फेरि अफिस गयो र फायल लिएर त्यही अस्ति नभेटिएको अधिकृतकोढोकामा उभियो, उभिइ नै रह्यो । उसले अस्ति बुझेको थियो त्यो मान्छेको सही नभै काम हुँदैन । एकछिनपछि हाकिम आफ्नो कोठाबाट निस्कियो र रविको छेउमा गएर भन्यो एता आउ । उसले ठानेको थियो रवि पछिपछि आउँछ भन्ने, तर रविले सुनेको नसुनै ग¥यो । उ हाकिमको कोठामा गएन । फेरि हाकिम आयो र रविको हातको फायल तानेर आफ्नो कोठामा गयो । फायलको दुईवटा कागजमा सही ग¥यो र फायल लिएर सात नं.कोठामा जानु भन्यो । सात नं. कोठामा त्यही घिमिरे थरको सुब्बा मोबाइलमा गेम खेलिरहेको थियो । उसले रवि धानुकको फायल पल्टायो र अस्पष्ट शब्दमा भन्यो “हाकिम अघाए पछि, हामीलाई त्यसै डकार आउनु पर्ने ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार