इटहरीमा ‘क्याफेमा कविता’को छैटौँ शृङ्खला

आइतबार, ०५ असोज २०८२

इटहरी : नेपालबिटको नियमित आयोजना ‘क्याफेमा कविता’को छैटौँ शृङ्खला शनिवार इटहरीस्थित माइतीघर क्याफेमा सम्पन्न भयो।

शैक्षिक व्यक्तित्व कमलेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य, कला र सङ्गीतसँगै स्थानीय प्रतिभालाई प्रोत्साहन गरिएको थियो।

यस शृङ्खलामा बेलबारीका सङ्गीतकर्मी तथा गजलकार जे.बी. थुलुङ र दमकका मुन्धुम कवि साङ्सेन पन्धाक विशेष प्रस्तुतिका रूपमा उपस्थित भए।

पन्धाकले गजलसँगै ‘मेरो अक्षरहरू र झुपडीको चेतना’‘पालामको चुम्बन’‘आदम अस्त्रहरूको जवाफ’ र ‘एउटा असल प्रेमीको असफल यात्रा’ कविता वाचन गरे। उता, थुलुङले गीत र गजलसँगै ‘दसैँ आयो’ र ‘बा मैले सिंहदरबार जलाएर आएँ’ शीर्षकका कवितामार्फत श्रोतालाई मन्त्रमुग्ध बनाए।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र संस्कृति विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा रहेका थिए।

कार्यक्रममा इरान राई, केशु विरही, राजु केसी, परिक्रमा श्रेष्ठ, किरण टी लिम्बू, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, शकुन्तला मञ्जरी, गङ्गा गौतम, विमला पोखरेल, मिश्रा गुरुङ, जीवी गजल, केशव रिमाल, अभिमन्यु अभिजित, विवश विवश घिमिरे, पुष्पा बोगटी, वर्षा भण्डारी, दीपक कार्कीलगायतका स्रष्टा र कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालबिटले यसअघि पाँच शृङ्खला सम्पन्न गरिसकेको छ। संस्थाले नवौँ शृङ्खलालाई ‘छन्द विशेष’ का रूपमा आयोजना गर्ने र दशौँ शृङ्खला सम्पन्न भएपछि एउटा बृहत् शृङ्खला गर्ने तयारी गरेको अध्यक्ष एवम् कार्यक्रम सञ्चालक रामप्रसाद खरेलले जानकारी दिए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार