इलाम : इलाम नगरपालिका–८ महभिरका अति प्रभावित स्थानीयवासीले माइखोला खण्डमा साम्लिङ्ग पावर कम्पनी प्रा. लि. द्वारा सञ्चालित माइ बेनी जलविद्युत आयोजना (९.५१ मेगावाट) मा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
स्थानीय मानबहादुर गुरुङको नेतृत्वमा पुगेको टोलीले आयोजना कार्यालयमा तालाबन्दी गरेको हो। स्थानीयहरूले आयोजनाले महभिर बस्ती नजिकै वर्षौँदेखि ठोस काम अघि नबढाई “झारो टार्ने” जस्ता गतिविधि मात्रै गरेको भन्दै अति प्रभावित समुदायप्रति बेवास्ता गरेको आरोप लगाएका छन्।
आयोजनाको बोर्ड अध्यक्ष मोहन दास मानन्धरसँग पटक–पटक वार्ता गरे पनि ठोस निष्कर्ष ननिस्केपछि स्थानीयहरूले शान्तिपूर्ण तरिकाले तालाबन्दी गर्न बाध्य भएको जनाएका छन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म तालाबन्दी अनिश्चितकालीन रहने चेतावनी दिएका छन् र समस्याको दिगो समाधान निकाल्न कम्पनी जिम्मेवार हुनुपर्ने जोड दिएका छन्।
प्रतिक्रिया