झापामा लागूऔषधसहित एक युवा पक्राउ

बुधबार, ०३ मंसिर २०८२

झापा : विशेष सूचनाका आधारमा प्रहरीले झापामा लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ।

आज साँझ झापा गाउँपालिका–५ पन्थापडामा बस्ने २० वर्षीय अडसाद अलीलाई प्रहरीले  लागू औसतसहित पक्राउ गरेको हो।

बाह्रदशी–३ राजगढतर्फबाट चारपाने जाँदै गरेको मोटरसाइकल (मे ८ प ८१४०) लाई रोकिन गरी चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर जस्तै देखिने लागूऔषध ५ पोका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय झापा तथा लागुऔषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोली संलग्न रहेको थियो।

पक्राउ परेका अलीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार