झापामा जंगली च्याउ खाँदा दुई जना बिरामी

शनिबार, ०६ मंसिर २०८२
तस्बिर : फाइल

झापा :  अर्जुनधारा नगरपालिका–१, शान्ति चोक निवासी ३४ वर्षीया मुना खनाल र उनका घरमा आएका पाहुना (भाइ) जङ्गली च्याउ खाँदा बिरामी परेका छन् ।

घर छेउकै जङ्गलबाट ल्याएको च्याउ तरकारीका रूपमा पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् । उनीहरूको शङ्कर अस्पताल शनिश्चरेमा भर्ना गरेर उपचार सुरु गरिएको बताइएको छ । 

अस्पतालबाट प्राप्त जानकारी अनुसार, घटना स्थलगत निरीक्षणका लागि जिल्ला प्रहरी कार्यालयको टोली डिल्ली बहादुर भुजेलको कमाण्डमा खटिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार