झापा । पछिल्लो समय झापा जिल्लामा सवारी दुर्घटना संख्या बढ्न थालेको छ ।
जेनजी आन्दोलनपछि झापा जिल्लामा सवारी चेकजाँच गर्ने कार्यमा कडाई नगरिएका कारण दुर्घटनाको संख्या वढेको स्थानीयले गुनासो गर्न थालेका हुन । हिजो शनिवार मात्रमा झापा जिल्ला साना ठुला गरी १० वटा सवारी दुर्घटना हुँदा एक जनाले ज्यान गुमाउनेका साथै १५ जना घाइते भएको प्रहरीको तथ्याँक रहेको छ । प्रहरी तथ्याँक अनुसारमा झापा जिल्लामा हुने सवारी दुर्घटनामा दुई पाग्रे सवारीको संख्या अधिक रहेको छ ।
जेनजी आन्दोलनपछि ट्राफिक प्रहरीले चोकजाँचमा कडाई नगर्दा दुर्घटना भएका हुने क्रम वढेको स्थानीयले गुनासो गरेका छन । चेकजाँचमा कडाई नभएका कारण लापरवाहीपुर्ण सवारी चलाउने कारणले दुर्घटनाको संख्या बढेको भन्दै स्थानीयले चेकजाँच कडाईका साथ गर्नु पर्ने माग गर्न थालेका छन । चेकजाँचमा कडाई नभएका कारण मादक पद्धार्थ सेवन गरे तथा तिव्र गतिमा सवारी चलाउने गरिएका कारण दुर्घटना वढेको स्थानीयको वुझाइ रहेको छ ।
पछिल्लो ४ महिनामा सवारी दुर्घटनामा परी झापामाा १८ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । सो अवधिमा भएका सवारी दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका थिए भने छ सय ७० जना घाइते भएका थिए ।
प्रतिक्रिया