काठमाडौं । काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका– ५ घर भई हाल ठमेल बस्ने १९ वर्षको बादल तामाङ, बाजुरा २२ वर्षको गणेश नाथ, तनहुँ बन्दिपुर गाउँपालिका २४ वर्ष को विशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ रहेका छन् ।
यस्तै, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका वर्ष २१को मिलन नेपाली, गोरखाका वर्ष २२ को विवश खनखवास, बाँकेका वर्ष २३ को अभिषेक थापा, काभ्रेपलान्चोकका वर्ष २२ को सञ्जय लामा, दाङका वर्ष २० की प्रतिमा डाँगी र दाङकै वर्ष २१ की प्रमीला पुन मगर रहेकी प्रहरीले जनाएको छ ।
बुधबार राती १ः१० बजेको जन गुनासोको आधारमा ठमेल पर्यटन विकास परिषद्का पदाधिकारी सहित प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गाली गलौच गरी अभद्र व्यवहार समेत गरेका थिए ।
ती व्यक्तिहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दिन ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिक्रिया