जेन–जी आन्दोलनपछिको झापा  : ‘सु–शासन र भ्रष्टाचारविरुद्धको आवाजलाई अब राज्यले सुन्नैपर्छ’

सोमबार, १५ मंसिर २०८२

झापा ।  जेन–जी आन्दोलनको मूल मर्म सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई राज्यले सम्बोधन गर्नुपर्नेमा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाजका प्रतिनिधिहरुले जोड दिएका छन । 

संवाद समूह कोशी प्रदेशले आयोजना गरेको जेन–जी आन्दोलनपछिको अवस्था, शान्ति निर्माण र सेवा प्रवाह सहज बनाउन नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी वक्ताहरुले नागरिकले अझै सुरक्षित भएको अनुभूति गर्न नसकाल सुरक्षाको वातावरण बलियो बनाउनु पर्नेमा जोड दिएका हुन । 

कार्यक्रममा सहभागी झापाका नागरिक अभियन्ताहरूले जेन–जी आन्दोलनले समाज, शिक्षा, न्याय र सुरक्षा क्षेत्रलाई धेरै प्रभावित पारेको भन्दै राज्य संयन्त्र अझै प्रभावकारी हुन नसकेको निष्कर्ष तर्फ गम्भीर चिन्ता समेत व्यक्त गरेका छन ।  

सामाजिक सञ्जालमार्फत भड्काउ सामग्री रोक्न राज्यले कडाइ गर्नुपर्ने र दलहरूलाई प्रतिहिंसा सिर्जना गर्ने अभिव्यक्ति बन्द गराउन नागरिक समाजले सकारात्मक वातावरण निर्माण गर्न भूमिका खेल्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका थिए । नेपालमा अनाधिकृत रुपमा आइरहेका रोहिंग्या शरणार्थी, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, दलका नेताका भड्किला अभिव्यक्ति, निषेधात्मक राजनीति अहिलेको मुख्य चुनौति भएको नागरिक समाजका प्रतिनिधिले औल्याएका छन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा नेपाल कानून आयोगका पूर्व सदस्य लीला उदासी , मानव अधिकार संजाल झापाका अध्यक्ष डा. रुपक खनाल , त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष लीला अधिकारी , नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्र खरेल , नेपाल बार एसोसिएसन झापाका सदस्य नारायणप्रसाद पौडेल , चिकित्सक संघका प्रतिनिधि डा। लक्ष्मीप्रसाद मैनाली , नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी लगायतले महिला मानवअधिकार रक्षक झापाकी अध्यक्ष कविता बाँस्तोला , सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले आ आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार