पानीतान्ने मोटर चोरेर भारततर्फ लाँदै गरेका मगर पक्राउ

मंगलबार, १६ मंसिर २०८२

झापा:  झापा गाउँपालिकामा पछिल्ला दिनमा चोरी बढ्दै गएको छ । घरायसी सामग्रीदेखि कृषि उपकरणसम्म चोरी हुँदा दक्षिणी झापाका स्थानीय त्रसिद छन् । जेनजी आन्दोलनपछि अझ गाउँमा चोरीका घटना वृद्धि एका छन् । 

झापा गाउँपालिकामा आज विहान मात्र सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त गस्ती टोलीले झापा गाउँपालिका–४ चौधरी बस्ती नजिकै चोरीको मोटरसहित अशोक मगरलाई पक्राउ गरेको छ । 

 कनकाई नगरपालिका–४, सुरुङ्गा निवासी २७ वर्षीय मगरले साइकलमा पानी तान्ने मोटर भारत सीमा दिशातर्फ लैजाँदै गरेको अवस्थामा शंका लागेपछि प्रहरीको टोलीले उनलाई रोक्दै चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा मोटर चोरीको भएको पुष्टि भएपछि सशस्त्र प्रहरी हवल्दार गणेशबहादुर गुरुङको कमाण्डमा ५ जना र प्रहरी सहायक निरीक्षक दिनेशकुमार माझी नेतृत्वको ५ सदस्यीय टोलीले मगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ । 

झापा गाउँपालिकामा यतिबेला चोरीका घटनाहरू निरन्तर बढिरहेका छन्। चार दिनअघि मात्रै झापा गाउँपालिका–३ कामाटोली बजार नजिकै विनिताकुमारी गणेशको घरमा दुई तोला सुन, २२ तोला चाँदी र नगद २ हजार ५०० रुपैयाँ चोरी भएको घटनाले स्थानीयमा थप असुरक्षा बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार