विराटनगर । विराटनगरमा स्रोत नखुलेको ठुलो परिमाणको भारतीय मुद्रा सहित एक युवक पक्राउ परेका छन्। हिजो (सोमबार) दिउसो करिब १२ः३० बजे विराटनगर महानगरपालिका–१५ स्थितमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शङ्काको आधारमा भारततर्फबाट नेपालतर्फ पैदल प्रवेश गर्दै गरेका एक युवकलाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति भारतको उत्तर प्रदेशमा बस्ने २५ वर्षीय मनिष यादव रहेका छन्। यादवले बोकेको झोलामा लुकाइ–छिपाइ ल्याइएको भारतीय रुपैयाँ ५०० का ५०० थान नोट फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको रकम कुल २ लाख ५० हजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
उक्त रकमको स्रोत नखुलेपछि यादवलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी लगिएको थियो।
प्रारम्भिक अनुसन्धानपछि उनलाई बरामद रकमसहित राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया