सुन्दरहरैँचामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विहीबार, २२ मंसिर २०७९
मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गोठगाउँ नै घर भएका ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । । गम्भीर घाइते भएका उनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले आज बिहान बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको थियो । घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका–११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार