फिदिममा ५५ वर्षीय तामाङ मृत फेला, अनुसन्धान हुँदै

विहीबार, १८ मंसिर २०८२
तस्बिर साभार गोरखापत्र

 पाँचथर। फिदिम नगरपालिका–४ मा ५५ वर्षीय प्रकाश तामाङ मृत अवस्थामा फेला परेका छन्। बुधबार साँझ स्थानीयले तामाङलाई सरखण्डेका राजकुमार तामाङको आँगनमा मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रामचन्द्र साहका अनुसार घटना साँझ करिब ५ बजे भएको हो। सूचना पाएपछि प्रहरी टोलीले तत्काल घटनास्थल पुगेर स्थलगत मुचुल्का तयार पारेको छ। शवलाई पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

तामाङको मृत्युको कारण अहिलेसम्म नखुलेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार