काठमाडौं : बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक विशेष योजना ल्याएको हो । यस योजनाअन्तर्गत १०० सीसीदेखि १५० सीसीसम्मका बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम ७ हजार रुपैयाँसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नयाँ योजना सार्वजनिक गर्दै नवविवाहित जोडीको नयाँ जिम्मेवारी र यात्रालाई सहज बनाउने उद्देश्यले यो अफर ल्याइएको बताए । ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरु गर्नेहरूका लागि हामीले यो योजना ल्याएका हौं । नयाँ सोच र नयाँ संकल्पसहितको जीवनयात्रामा बजाज भरपर्दो सहयात्री बन्ने विश्वास लिएका छौं,’ उनले भने ।
नवविवाहित जोडीलाई लक्षित गरिए पनि यो योजनाबाट सबै ग्राहकले लाभ लिन सक्ने निर्देशक गोल्छाले स्पष्ट पारे ।
कम्पनीका अनुसार यो योजना माघ १५ गते बिहीबारदेखि लागू भइसकेको छ ।
प्रतिक्रिया