काठमाडौँ : चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको नेपालका लागि चीनका राजदूत छन सङले बताएका छन् । तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लाग्नुभएका राजदूत छनले चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा बोल्दै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।
बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने छनले वताए । नेपाल र नेपाली आफ्नो मनमष्तिष्कमा सधैँ रहने उल्लेख गर्दै उनले नेपाल सरकार, कर्मचारी वर्ग, कूटनीतिपथक वृत्तका सहकर्मी, सञ्चारकर्मीका साथै नेपाली समाजका हरेक क्षेत्रबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।
सो समारोहमा मन्त्रिपरिषद्का सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, उद्योगपति, वरिष्ठ सञ्चारकर्मी, कलाकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया