ताप्लेजुङ : ताप्लेजुङ जिल्लाको हाङ्देवामा भालुले पशुचौपायालाई आक्रमण गरेर क्षति पु¥याएको छ । फुङलिङ नगरपालिका वडा नम्बर ९ हाङ्देवामा भालुको आक्रमणबाट केही चौपायहरु मरेको वडाध्यक्ष लक्ष्मण गुरुङले वताएका हुन् ।
पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिदै वडाध्यक्ष गुरुङले नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेको वताए । हाङ्देवाका विभिन्न ठाउँहरुमा पछिल्ला केही दिनदेखि भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
भालुले टुसासमेत खाएर अलैँचीको बगानमा पनि क्षति पु¥याएको स्थानीय ताइवान मादेनले बताए । अलैँची बगानमा सिँचाइ गर्न र घाँसदाउरा गर्नसमेत जान समेत त्रास सृजना हुन थालेको उनले सुनाए । भालु नियन्त्रणका लागि वडा कार्यालयले वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
प्रतिक्रिया