रौतहट : जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् ।
आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।
२ दिन अघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन् । उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह गर्दै नारा लगाएका छन् ।
उनीहरुले जेहादी आतंकवादी मुर्दावाद, जाग जाग हिन्दू जाग, हिन्दू विरोधी नेता मुर्दावादलगायतका नारा लगाएका छन् । साथै उनीहरुले आजबाट बांगलादेशका कुनै पनि सामान प्रयोग नगर्न आग्रह गरेका छन् । उनीहरुले मुस्लिम आयोग खारेज गर्नु पर्ने पनि माग गरेका छन् ।
प्रतिक्रिया