लडाकुलाई पैसा बाँड्ने निर्णयविरुद्ध इटहरीमा युवा संघको राँके जुलुस

शनिबार, १६ बैशाख २०८०
इटहरी । सरकारले अयोग्य लडाकुका नाममा पैसा बाँड्न लागेको भन्दै राष्ट्रिय युवा संघ सुनसरीले राँके जुलुस प्रदर्शन गरेको छ । संघको जिल्ला कमिटीले इटहरीको मुख्य चोकमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गर्दै विरोध गरेको हो । देश आर्थिक संकटमा गुज्रिरहेका बेला पैसा बाँढ्ने सरकारको निर्णयको विरोध गर्दै नारा जुलुस गरिएको थियो । इटहरी उपमहानगरदेखि मुख्य चोकसम्म प्रदर्शन गर्दै उनीहरुले अयोग्य लडाकुलाई पैसा हैन रोजगार दे, राज्यको ढुकुटी रित्याउन पाइँदैन, अराजकता बन्द गर, सुशासन कायम गर जस्ता नारालिखित प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । विरोध कार्यक्रममा बोल्दै युवा संघ सुनसरीका पूर्वजिल्ला अध्यक्ष अरुण गुरुङले सरकारले जनताको आवश्यकताभन्दा भ्रष्टाचारको विउ रोप्न सुरु गरेको आरोप लगाए । उनले अयोग्य लडाकुलाई जीवनयापनका लागि पैसा भन्दा रोजगारी आवश्यक रहेको भन्दै रोजगार व्यवस्था गर्नु पर्ने धारणा राखे । सरकारको गलत निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार