इटहरीको खनारमा रहेको स्पिनिङ मिलको मेसिनमा परेर कामदार गम्भीर घाइते

शनिबार, २० बैशाख २०८२

इटहरी : इटहरी उपमहानगरपालिका–१२, खनारस्थित रिलायन्स स्पिनिङ मिलमा कार्यरत एक कामदार मेसिनमा परेर गम्भीर घाइते भएका छन्।

हिजो (शुक्रबार) दिउँसो करिब ४ः३५ बजेको समयमा नियमित कामको सिलसिलामा भारतको मधुबनी जिल्ला, इशार पञ्चायत घर भई हाल सोही मिलमा कार्यरत ५२ वर्षीय वीरेन्द्र कुमार मिश्रको बायाँ हात मेसिनमा परेर दुई ओटा औँला काटिएको र एक औँला चुँडिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मिश्रलाई तुरुन्तै उपचारका लागि मोरङको बुढिगंगा स्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो। हाल उनी बोल्न सक्ने र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल प्रशासनले जनाएको छ।

मिल प्रशासनले घाइते मजदुरको उपचारमा कम्पनीले जिम्मेवारी लिएर कम्पनीका प्रतिनिधि कर्ण न्यौपानेसमेत अस्पतालमा उपस्थित भएर उपचारमा समन्वय गरिरहेको बताएको छ।

इलाका प्रहरी कार्यालय इटहरीमा साँझ करिब ७ः४० बजे अस्पतालबाट सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

प्रहरी वरिष्ठ नायव निरीक्षक जालन्धर बरालको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गर्दै आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार