झापाको माईखोला पुल नजिक शंकास्पद वस्तु फेला

शनिबार, १९ पुस २०८२

झापा : झापाको कन्काई नगरपालिका–४ स्थित माईखोला पुल नजिक आज (शनिबार) बिहान शंकास्पद वस्तु फेला परेको छ ।

 बिहान करिब ६ः३० बजे पूर्व–पश्चिम राजमार्गको पूर्वपट्टि कालो झोलामा प्याक गरिएको अवस्थामा उक्त शंकास्पद वस्तु देखिएको हो । झोलाभित्र प्रेसर कुकर राखिएको र त्यसबाट तार निस्किएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनापछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक सतर्कता अपनाएको छ । शंकास्पद वस्तुको सुरक्षित व्यवस्थापनका लागि अरिदमन गण चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

हाल उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने शंकास्पद वस्तु बम हो वा होइन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार