आगलागीबाट कुखुरा फर्ममा करिब ११ लाख ४० हजारको क्षति

शनिबार, १९ पुस २०८२
Filephoto

झापा : झापाको बाह्रदर्शी गाउँपालिका–५ स्थित चौरीगाउँमा आगलागी हुँदा करिब ११ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

आज (शनिबार) बिहानका  राति करिब २ बजे बाह्रदर्शी–५ निवासी राकेश कुमार कार्कीको टिनको छानो भएको एकतले ब्वायलर कुखुरा फर्ममा अचानक आगलागी भएको हो। आगलागीको कारण तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूको सहयोगमा करिब एक घण्टापछि अर्थात् राति ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुखुरा फर्म पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीका कारण फर्मभित्र रहेका कुखुराको दाना, हिटर, पंखा, कुखुराका औषधि, धान तथा अन्य सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
 प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब एघार लाख चालिस हजार पाँच सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

घटनामा कुनै पनि मानवीय क्षति नभएको र कुखुरा तथा अन्य पशुचौपायमा समेत क्षति नपुगेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार