काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।
बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया