इक्यान निर्वाचन : लक्ष्मण पौडेल समूहको प्यानल सार्वजनिक

शनिबार, २६ पुस २०८२

काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचन २०८२ लाई लक्षित गर्दै लक्ष्मण पौडेल नेतृत्वको समूहले उम्मेदवार घोषणा गरेको छ ।

शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा पौडेल समूहले आफ्नो प्यानल सार्वजनिक गरेको हो ।

समूहबाट इक्यानको अध्यक्ष पदमा लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदका लागि गीता शिवाकोटी, वासुदेव दाहाल र पुष्पराज भट्टराई उम्मेदवार घोषित भएका छन् ।

यस्तै, महासचिवमा नवराज केसी, सचिवमा एलबी तामाङ (गोले) र भूपाल केसीको उम्मेदवारी रहेको छ । कोषाध्यक्ष पदका लागि साधना पुडासैनी, सह–कोषाध्यक्ष पदमा भीमबहादुर थापा उम्मेदवार बनेका छन् । सदस्य पदमा दिनेश पौडेल, भेषराज राय (भीष्म), प्रभात पौडेल र शिवप्रसाद अर्यालले उम्मेदवारी दिएका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा पौडेल नेतृत्वको समूहले इक्यानलाई अझ सक्षम, पारदर्शी र व्यवसायमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार