निर्वाचन ३६ दिन बाँकीः सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकियो

बुधबार, १४ माघ २०८२

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयहरूको अनुगमन गर्ने जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।

त्यसैगरी, प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित कार्यको अनुगमन गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएको आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको हो । आचारसंहिता यही माघ ४ गतेदेखि लागू भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार