लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

मंगलबार, १९ बैशाख २०८०
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको पहिलो अधिवेशनको बिहान ११ बजे बस्ने १० औँ बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । वैशाख १४ गते ८ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने, विषयगत समितिहरुको गठन, आगामी आर्थिक वर्षको बजेट निमार्ण लगायतका कामहरु तिव्रताका साथ अगाडि बढ्ने मुख्यमन्त्री चौधरीले बताएका छन् । चौधरी नेतृत्व सरकारमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्म चौधरी र जनता समाजवादीका सन्तोष पान्डे बिना विभागीय मन्त्री बनेका छन् । एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते विश्वासको मत नपाएपछि लुम्बिनीमा नयाँ सरकार बनेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार