दोलखा : जेनजी अगुवा तथा दोलखाबाट आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्ने घोषणा गरेका छन्।
दोलखामा आयोजित कार्यक्रममा खड्काले परिवर्तनका लागि जिम्मेवार, अनुभवी र भरोसायोग्य नेतृत्व आवश्यक रहेको भन्दै शिवाकोटीलाई समर्थन गर्ने निर्णयमा पुगेको बताका हुन ।
‘यो समर्थन कुनै बाध्यता होइन, हृदयबाटै गरेको नमन हो,’स्वतन्त्र उम्मेदवार खड्काले भावुक शब्दमा भने। आफू राजनीतिमा आएको उद्देश्य व्यक्तिगत पदका लागि नभई वास्तविक परिवर्तनका लागि भएको स्पष्ट पार्दै भने, खड्काले ‘हामी सक्छौँ। परिवर्तन सम्भव छ। तर त्यसका लागि सही व्यक्ति र सही नेतृत्वलाई साथ दिनुपर्छ ।’ भने ।
दोलखाको समग्र विकास, सुशासन र युवाको भविष्य सुरक्षित गर्न अजयबाबु नै उपयुक्त उम्मेदवार भएको समेत उनको धारणा राखे ।
सड्काले युवाहरूलाई भावनामा होइन, विवेक र जिम्मेवारीका आधारमा निर्णय लिनुपर्ने समय आएको सुझाउदै लोकतान्त्रिक मूल्य, समावेशी राजनीति र स्थायित्वका लागि अजयबाबुलाई समर्थन गरेको समेत जानकारी गराएका थिए ।
प्रतिक्रिया