काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
सोमबार भारत मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८४ रन जोडेको हो ।
इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए । इंग्ल्यान्डले टस जितेर ब्याटिङ पहिला रोजेको थियो ।
प्रतिक्रिया