लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

मंगलबार, १९ बैशाख २०८०
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको पहिलो अधिवेशनको दशौं बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका हुन् । चौधरीले आठ दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन पाएका छन् । उनको प्रस्तावको विपक्षमा भने २९ मत परेको छ । राप्रपाका ४ सासंद तटस्थ रहे । अर्थात् कसैलाई मत दिएनन् । वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले पाँच दिनपछि विश्वासको मत पाएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार