मोरङ : मोरङमा ६४ प्रतिशत मत खसेको छ ।
६ वटा निवाचन क्षेत्रमा करिब ६४ प्रतिशत मत खसेको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख अधिकृत लेवन कश्यप अधिकारीले जानकारी दिए ।
मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ४१ वटा मतदान केन्द्र छन् ।
मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि सोमबार बिहानबाट मात्रै मतगणना गर्ने तयारी छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिए ।
प्रतिक्रिया