कास्की–२ का कांग्रेस उम्मेदवार घरदैलोमा सिँढीबाट लडे, हात भाँचिएको पुष्टि

सोमबार, २६ माघ २०८२

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ घरदैलो कार्यक्रमका क्रममा सिँढीबाट लडेर घाइते भएका छन् । उनी पोखरा महानगरपालिका–११ फूलबारी क्षेत्रमा निर्वाचन प्रचारका लागि घरदैलो गर्दै जाँदा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परेपछि बास्तोलाको हात र खुट्टामा चोट लागेको परिवार स्रोतले जनाएको छ । उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बास्तोलाको देब्रे हातको नाडी भाँचिएको छ र त्यसका लागि शल्यक्रिया गर्नुपर्ने भएको छ । अस्पतालमा उनको उपचार जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार