झापा । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नं. ५ को चुनावी माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह दुवैजना मतदाताको घरदैलोमा सक्रिय भएपछि यहाँको चुनावी सरगर्मी उत्कर्षमा पुगेको हो ।
मुलुककै ध्यान केन्द्रित भएको यस क्षेत्रमा प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिएका दुवै उम्मेदवार एकै दिन मतदातामाझ पुग्ने कार्यक्रमसहित मैदानमा उत्रिएका छन् । दुवै प्रभावशाली उम्मेदवार दमक आसपास केन्द्रित रहेकाले सुरक्षा व्यवस्थासमेत कडा बनाइएको प्रहरी स्रोतले जनाएको छ । प्रमुख चोक तथा बजार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्ष्ँक वसुन्धरा खड्काले जानकारी दिइन् ।
रास्वपा उम्मेदवार बालेन्द्र साहको आजको कार्यक्रम
मिति: २०८२ साल माघ २६ गते
स्थान: झापा क्षेत्र नं. ५, कमल गाउँपालिका
कार्यक्रम: नागरिक भेटघाट (घरदैलो)
क्रम समय-स्थान
१ बिहान ७:३० बजे – सानो केर्खा चोक
२ सिंघदेबी मन्दिर
३ केर्खा बजार
४ केराधाप
५ क्याम्पा
६ सुनहरा (उराउ र संथाल बस्ती)
७ ढ्यांग्री
८ शरंग्पडा बजार
९ बाह्रबिघा मन्दिर
१० नहरचोक
११ शान्ति चोक
१२ सुकुमबासी बस्ती
१३ समैगड
१४ छलफल चोक
१५ भुत्लुङ स्कुल अगाडि
रास्वपाले जनस्तरसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै स्थानीय मुद्दा र अपेक्षामा केन्द्रित अभियान सञ्चालन गरेको जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको आजको कार्यक्रम
स्थान: गौरीगञ्ज गाउँपालिका
समय-स्थान
११:००–१:०० गौरीगञ्ज क्याम्पस
१:००–१:२० खजुरगाछी चौक
१:२५–१:४० देविगञ्ज
१:५०–२:१० जनता चौक
२:१५–२:३० मल्हाटोली–दिनाभद्री
२:३५–२:४५ चिल्हरा चौक
२:५५–३:३० श्यामटोली
३:४५–४:१५ छहारी चौक, हरिरा
४:२५–५:०० खजुरगाछी–गौरीयाडाँगी
उपरोक्त स्थानहरूमा कार्यक्रम सम्पन्न हुने भएकाले सम्बन्धित पक्षले सम्पूर्ण सञ्चारकर्मीहरूलाई जानकारी गराएको छ ।
बिहीबार झापा आएका अध्यक्ष ओली शनिबारदेखि गृह नगर दमक र आसपास केन्द्रित छन् । घरदैलोका क्रममा स्थानीयले लालपुर्जा, सडक पूर्वाधार तथा कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालगायत विषयमा ध्यानाकर्षण गराएका छन् । अभियानकै क्रममा ओलीले बिरामी मतदाताको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ । भेटघाटमा ओलीले विकास र समृद्धिको एजेन्डा अघि सार्दै एमाले नै त्यसको भरोसायोग्य शक्ति भएको दाबी गरेका छन् ।
यसैबीच, बालेन्द्र साहले पनि दमक र कमल क्षेत्रका विभिन्न वडामा घरदैलो कार्यक्रम तीव्र बनाएका छन् । आइतबार मात्रै एक दर्जनभन्दा बढी स्थानमा भेटघाट सम्पन्न भएको रास्वपाले जनाएको छ ।
झापा क्षेत्र नं. ५ मा यी दुईबाहेक नेपाली कांग्रेसकी मन्धरा पौडेल, नेकपाका रञ्जित तामाङ र राप्रपाकी लक्ष्मी संग्रौला लगायतका उम्मेदवारहरू पनि सक्रिय छन् । यद्यपि, ओली र साहको प्रत्यक्ष घरदैलो अभियानले यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ ।
प्रतिक्रिया