सदानन्द चेरिटेबल ट्रष्ट नेपालको सौजन्यमा शव वहान उपलब्ध भएको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् । शव वहान अव केही दिन पश्चात बुढी गंगा जमुना मुक्तिधामको नामबाट सञ्चालन गरीने छ ।
श्री १०८ षदानन्द गुरुजीको सहयोगमा शव वहान उपलव्ध भएको भन्दै गंगा जमुना वृहत्तर मुक्तिधामका अध्यक्ष समेत रहेका घिमिरेले सहयोग दातालाई आभार प्रकट गरेका छन् ।
श्री प्राणनाथ अस्पताल यही बर्षको चैत्र मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कम्तिमा एक बर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष सहित निर्माण कार्य भइरहेको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।
अस्पताल निर्माण सँगै अस्पतालमा आवस्यक सामाग्री खरिदमा सबैले सकेको सहयोग गर्न अध्यक्ष घिमिरेले अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया