मनोनीत जिल्ला सदस्यहरूलाई सुनसरी काँग्रेसले गर्यो बर्खास्त

सोमबार, २६ मंसिर २०७९
नेपाली काँग्रेस जिल्ला समिति सुनसरीले मनोनीत जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई बर्खास्त गरेको छ। मङ्सिर २५ गते बसेको जिल्ला समितिको बैठकले यसअघि मनोनयनमा परेका जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई हटाउने निर्णय गरेको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचन भन्दा पहिला जिल्ला सभापति केदार भण्डारीले सदस्य तथा विभाग प्रमुखहरू मनोनीत गरेका थिए । पार्टीलाई चलायमान बनाउन जिम्मेवार विहीन भएका कार्यकर्तालाई मनोनीत गरेको उनले बताएका थिए । पार्टीको विधानको परिच्छेद ३ को १२ (५) (ख) २ र (७) (ज) को अधिकार अनुसार जिल्ला सदस्य, विभाग प्रमुख र संयोजकको पद विघटन गरिएको भण्डारीले जनाएका छन् । त्यस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गर्ने र गठबन्धनका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्तालाई कारबाहीको सिफारिस गर्ने निर्देशन दिएको छ । सचिव वीरेन्द्र कुमार शाह र माधव घिसिङले हस्ताक्षर गरेको पत्रमा पुस ३ गते भित्र वडा समितिले र ५ गते पालिका, ७ गते प्रदेशसभा क्षेत्रीय समिति र १० गते क्षेत्रीय समितिको बैठक बसी १२ गते भित्र जिल्ला समितिमा बुझाउनुपर्ने बताइएको छ । १४ औँ महाधिवेशनमा गठन हुन बाँकी महासमितिको निर्वाचन पुस मसान्त भित्र सम्पन्न गर्न समेत पत्राचार गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार