उनका अनुसार पटकपटक वडा कार्यालयमार्फत इटहरी उपमहानगरपालिकामा जानकारी गराइएपनि बजेट अभाव भएको भन्दै सडक निर्माण नभएको उनले बताए ।
उनका अनुसार उक्त ठाउँं इटहरी ८ को कार्यालय, यातायात व्यवस्था विभागको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय जाने बाटो हो । तर, कुनै पनि निकायले चासो नदेखाएका कारण आँफूहरूले दबाब दिनका लागि बाटोमा बाँस र स्याउला लगाएर अवरुद्व गर्न बाध्य भएको बस्नेतले बताए ।
‘कतिको ठेक्का हो, कति समयसम्म निर्माण हुनुपर्ने हो,’ केही थाहा छैन, उनले भने, ‘हामीले पटकपटक जानकारी माग्दा पनि बेवास्ता गरेपछि बाटो नै अवरुद्व गर्न बाध्य भएका हौँ ।’
स्थानीय खगेन्द्र परियारका अनुसार आँफूहरूले सडक निर्माणका लागि पटकपटक दबाब दिएपनि ठेक्का लिने कम्पनी मूकदर्शक बनेको छ । ’हामी यो सडक नबन्दा निकै पीडित छौँ,’ उनले भने, ‘ड्रेन बनाउने बेला स्थानीयबासीकै सहयोगमा माटो पनि लगाइयो, अहिले सडक बनाउने समयमा बजेटले भ्याउँदैन भनेर टार्ने काम भएको छ ।’ ४० फुटे बाटोमा करीब २२ फुट मात्रै कालोपत्रे गरिने उनले बताए ।
‘ठेकेदारको कमीकमजोरी र नगरपालिकाको सिस्टमका कारण अहिलेसम्म सडक नबनेको हो,’ उनले भने, ‘जनताले कति सहने ? समयावधिमा काम नगरेपछि नगरपालिकाले पनि एक्सन लिन सक्नुपर्छ ।’
आँफूहरूले इटहरी नगरप्रमुख हेमकर्ण पौडेललाई पनि यस विषयमा पटकपटक जानकारी गराएको उनले बताए ।
‘नगरपालिकामा जानकारी गराउँदा भोलिबाट, हप्तादिनबाट काम सुरु गर्ने कुरा आयो, अहिलेसम्म काम नै सुरु नभएपछि स्थानीयबासीमा असह्य भयो,’ वडाध्यक्ष चौधरीले भने, ‘बहुवर्षे योजना अन्तर्गत अघिल्लो आर्थिक वर्ष नै ठेक्का लागेको सडक हो, अब कालोपत्रेका लागि नगरपालिकाले नै एक्सन लिनुपर्छ ।’
उनका अनुसार करीब ८६ लाख बजेटमा उक्त सडक निर्माणका लागि गिरी कन्ट्रक्सनले ठेक्का लिएको हो ।
प्रतिक्रिया