अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि ५९७ वटा टावर बनाइने

मंगलबार, ०९ जेठ २०८०
विराटनगर । संखुवासभामा निर्माण भइरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन विभिन्न सात जिल्लामा बनाइने भएको छ । आयोजनाले प्रसारण लाइनका लागि ५ सय ९७ वटा टावर बनाउने भएको हो । विद्युत प्रसारण लाइन आयोजनाको विद्युत् गृहस्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुग्ने छ । आयोजनाको ४ सय केभी प्रसारण लाइन संखुवासभाको दिदिङ हुँदै भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी हुँदै धनुषा पु¥याउने आयोजनाले जनाएको छ । प्रसारण लाइनका लागि संखुवासभामा ५९, भोजपुरमा १७९, उदयपुरमा १४७, सिरहामा २३, महोत्तरीमा ८७ र धनुषामा १०२ वटा टावर रहने आयोजना निर्माणमा संलग्न सतलज कम्पनीले जनाएको छ । आयोजनाका लागि सडक, बाँध, विद्युत गृह, सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ । आयोजना निर्माणका लागि करिव एक खर्ब २० अर्ब रुपैयाँ खर्च अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार