लगातार सातौँ दिन पनि शेयर बजार उकालो

बुधबार, १० जेठ २०८०
काठमाडाै । लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नाै सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ । आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो दुई अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीकाे ४८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार