बेलबारी । दुई दशकभन्दा बढी समयपछि हुन लागेको मोरङको बेलबारी उद्योग वाणिज्य संघको निर्वाचनमा चुनावी सरगर्मी सुरु भएको छ ।
जेठ २० गते हुने संघको चौथो अधिवेशनका लागि लोकतान्त्रिक–वाम गठबन्धनसम्बद्ध व्यापारीहरु र नेकपा एमालेका युवा नेता माधवराज थापासहितका व्यवसायीबीच प्रतिस्पर्धा हुन लागेको छ ।
गठबन्धन पक्षबाट भेषकुमार श्रेष्ठ (अशोक) को नेतृत्वमा २१ सदस्यीय उम्मेदवारी परेको छ ।
थापा नेतृत्वमा पनि २१ सदस्यीय उम्मेदवारी छ । दुबै पक्षबाट बिहीवार दिउसो उद्योग वाणिज्य संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक रमेश निरौलाले बताए ।
श्रेष्ठ समूहमा वरिष्ठ उपाध्यक्षमा सन्दिप राई, उद्योग उपाध्यक्ष राजन गोर्खाली दर्नाल, वाणिज्य उपाध्यक्ष केशव थापा मगर, महासचिव विवेक मिश्र, उद्योग सचिव सुरेशकुमार श्रेष्ठ, वाणिज्य सचिव टिकाराज श्रेष्ठ (रुपेश), कोषाध्यक्ष अर्जुन कुमार काकी, सहकोषाध्यक्ष वसन्त नेपाल, र सदस्यहरुमा सुजितकुमार शाह, निरज चौधरी, शिवकुमार राई, अस्मिता सुवेदी, खगेन्द्र खनाल, उर्मिला देवी तामाङ, रामकाजी राई, दिनेश मण्डल, कमलाकुमारी श्रेष्ठ, राजु श्रेष्ठ, काचिलाल धिमाल, दिवश राई छन् ।
त्यसैगरी थापा समुहमा वरिष्ठ उपाध्यक्षमा धर्मराज गुरुङ, उद्योग उपाध्यक्षमा मोहन पोखरेल, वाणिज्य उपाध्यक्षमा सुवासकुमार श्रेष्ठ, महासचिवमा राजु बस्नेत, उद्योग सचिवमा सन्तोष प्रसाईं, वाणिज्य सचिवमा नगेन्द्र राई, कोषाध्यक्षमा सुरेन्द्र तामाङ, सहकोषाध्यक्षमा मन्दिरा खत्री, सदस्यहरुमा विराज न्यौपाने, मानबहादुर सार्की, नारायण लिङथेप, प्रशान्त निरौला, तुलसा राई, कमल श्रेष्ठ, विशाल कटुवाल, दिपक शर्मा, दिपककुमार श्रेष्ठ, हर्क माझी, टंक चम्लागाई, राजेन्द्रप्रसाद शाह तेली छन् ।
प्रतिक्रिया