माेटरसाइकल र बस ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

आइतबार, २१ जेठ २०८०
काठमाडाै । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीकाे बुटवल उपमहानगरपालिका–१२ तामनगरमा हिजाे बस र माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । बुटवलबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवल आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरकाे कोरियन टेक्निकल कलेज नजिक ठाेक्किएर दुर्घटना भएको  हाे । दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको ज्यान गएकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए । दुर्घटनामा परि घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएकाे हाे । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार