कांग्रेसले प्रतिनिधिसभामा मुस्ताङबाट खोल्यो खाता

सोमबार, ०५ मंसिर २०७९
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग पराजित भएका छन् । नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार