प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

विहीबार, २९ मंसिर २०७९
सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ ।
बुधबार अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप- महानगरपालिका-१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषध स्पास्पेन- २४८ ट्यावलेट र  ट्रामाडोल- ३३० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान-५ का  २६ बर्षीय अमन राई र धरान-३ का ३४ बर्षीय मन कुमार श्रेष्ठलाई ट्रामाडोल- ६०३९ ट्रयाव्लेट, स्पास्पेन- ४१४० ट्याव्लेट,  डाईजेपाम- १५६ एम्पुल र  नगद ६५ हजार ९ सय ४४ रुपैँया सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ६ जनालाई आवश्‍यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाईएको  ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार