एमाले पोलिटब्युरो सदस्य एवम सांसद सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमाले सरकारमा जान नसक्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस एमाले मिलेर सरकार चलाउनुको बिकल्प नभएको धारणा व्यक्त गरेका छन् ।
‘हिजो के भएको थियो हामीलाई थाहा छ । यति चाडै एमालेले प्रचण्डले गरेको व्यवाहार बिर्सनु हुदैन,’थापाले भने । बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने उनको धारणा थियो।
‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन,’ एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ,’ बुटवलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भने।
यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो भने आफ्नो असहमति रहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ।
प्रतिक्रिया