दुहबी नगरपालिका ले सुरु गर्यो मोबाइल एप्स मार्फत आँखा  जाँच

शुक्रबार, ०१ पुस २०७९
प्रदेश नम्बर १ कै पहिलो पाइलट प्रोजेक्ट का रुपमा   बिराटनगर  आखा अस्पताल,  पिक  भिजन र दुहबी नगरपालिका को संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत     peek high technology   को आज  नगर प्रमुख बेद गच्छादर ले   आखा सम्बन्धित जांचको लागि मोबाइल एप्लिकेशनको  समुद्घाटन  गरेका छन्।
नगरपालिका को सभाहलमा नगर प्रमुख बेद  गच्छादारको अध्यक्षता मा उक्त कार्यक्रमको उध्घाटन भएको  थियो।  कार्यक्रममा  उप प्रमुख  मेनुका खतीवडा,  प्रमुख प्रशाकिय अधिकृत राजकुमार केसि,  बिराट आखा अस्पताल का अध्यक्ष  पदम नारायण चौधरि,   peek program ccoordinator  mr sr geo  ,  स्वास्थ्य साखा प्रमुख बिन्देस्वर प्रसाद महतो,  बिभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि लगायतको उपस्थित  रहेको थियो।
E Mobile technology   को  उध्घाटन गर्दै नगर प्रमुख गच्छादार ले   आज भन्दा ४ बर्ष अगाडि देखि बिराटनगर आखा अस्पताल सग सहकार्य गरि मोति बिन्दु,  जलबिन्दु,  आखामा मासु पलाएका  ३६७० जनाको निशुल्क सल्यकृया गराइएको,  २२ वटा सामुदायिक  बिध्यालयमा गएर १३६ शिसु सहित  ६० जनालाइ चस्मा समेत बितरण गरेको र अझै पनि आखा सम्बन्धि रोगिहरु उपरोक्त ३ किसिमालाइ नगरपालिका मा आफु मेयर रहेसम्म  निशुल्क उपचार हुने बताएका थिए।
 गच्छादारले    आखा सम्बन्धि चेकजांच गर्ने यो  मोबाइल   अप्लिकेशनले   दुरदराजमा रहेका आखा रोगिहरुलाइ थप  सहयोग मिल्ने हुदा  उक्त एप्लिकेशन भित्राउने निकायहरुलाइ हार्दिक धन्यवाद दिदै  रोगिहरुको चेक जांच गर्न सम्बन्धित मातहत निकायलाइ कृयाशिल रहन आग्रग गरेका छन्।   नगरपालिका मा आखा हेप्ल्डेस्क  रहने र जाँच देखि उपचार सम्म निरन्तर फलो अप  गरिने बताउदै गच्छादार ले   नागरिकको स्वास्थ्य सम्बन्धित संबिधानमै ब्यावस्था भएको नैसर्गिक अधिकारको सुब्यवस्था गर्न  आफु कटिबद्द रहेको जनाए।
 आखा सम्बन्धि मोबाइल  एप मार्फत सेवा प्रवाह गर्दा  सेवाग्रहि लाइ  सहज उपचार हुने र सम्पुर्ण डेट नगरमा रहने हुदा    नगरबासिको स्वस्थ आखाको जिम्बेवारि स्वय नगर  भएको बिस्वास दिलाउदै सबै नगरबासिलाइ आबद्द्त हुन र  टेक्नोलोजिको भरपुर  सुबिधा उपयोग गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार