काठमाडौं ८ मा लौरो र घण्टीको प्रतिस्पर्धा, एमाले र गठबन्धन पछि

सोमबार, ०५ मंसिर २०७९
काठमाडौं ८ को मतगणना जारी छ । अहिलेसम्मको गणनामा ठूला दलहरुलाई पछि पार्दै नयाँ दलहरु मुख्य प्रतिस्पर्धामा रहेका छन् । प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्र स्थानमा छन् । उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याएका छन् । यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ चौंथो स्थानमा छन् । उनीहरुको मत क्रमशः ३०४ र २१३ रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ भोट ल्याएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार