निरन्तर वर्षा, तराई क्षेत्र जलमग्न, डुबानको जोखिम

शुक्रबार, २९ असार २०८०
विराटनगर । दुई दिनयताको निरन्तर वर्षाका कारण पूर्वी तराईका धेरै स्थान जलमग्न बनेका छन् । खोलाहरुमा बाढी आएकाले आसपासका गाउँ बस्ती डुबानको जोखिममा परेका छन् । खोलाहरुमा बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढेको हो । शुक्रबार बिहानैदेखि सुनसरी, मोरङ, झापालगायतका स्थानमा वर्षा भइरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी तराईका कैयौं स्थान जलमग्न बनेका छन् । पानीले निकास नपाउँदा घरहरुमा बाढी पस्ने जोखिम बढेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहालगायतका दर्जनौं खोलामा बाढी आएको छ । बहाव उच्च हुँदा खोलाले ठाउँठाउँमा कटान सुरु गरेको जानकारी उनले दिए । डुबान, कटान र बाढीको जोखिम बढेका कारण सर्वसाधारणलाई सचेत हुन प्रहरी तथा स्थानीय प्रशासनले आग्रह गरेको छ । बाढी एवं डुबानले पु¥याउन सक्ने सम्भावित क्षति रोक्न र कोही पीडित भएमा उद्धार गर्नका लागि जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिसकिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ठाउँठाउँमा परिचालित प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार