कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

आइतबार, ३१ असार २०८०
काठमाडौं । अहिले बिहान कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मधेस प्रदेश बाहेक देशका अन्य सबै प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ । राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ। भोलि (सोमबार) सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा वर्षा हुनेछ । बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । राति सबै प्रदेशका थोरै स्थानमा पानी पर्ने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मंगलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । राति बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार