खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउन इटहरी उपमहानगरको उर्दी

आइतबार, ३१ असार २०८०
इटहरी । खोला, पैनीजस्ता क्षेत्रको जग्गा अतिक्रमण गरी बनाएका संरचना इटहरी उपमहानगरपालिकाले हटाउन उर्दी जारी गरेको छ । उपमहानगरपालिकाले त्यसरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना गरेको छ । ३५ दिनभित्र नहटाए उपमहानगर आफैंले हटाउने जनाएको छ । प्रारम्भिक चरणमा खेती खोला, टेंग्रा खोला सुकुमारी पैनीको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन भनिएको छ । उपमहानगरका मेयर हेमकर्ण पौडेलले ३५ दिने सूचना जारी गर्दै त्यस्ता संरचना हटाउन भनेका हुन् । ती क्षेत्रको दुवैतिर ६–६ मिटर जग्गा छाडेर संरचना बनाउन सूचनामा जनाइएको छ । उपमहानगर क्षेत्रलाई बाढीबाट जोगाउने पहलसहित खोला र पैनी मिचेर बनाएका संरचना भत्काउने अभियान सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार