पाँचथरमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

सोमबार, ०१ साउन २०८०
पाँचथर । पाँचथरमा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेची राजमार्ग हुँदै फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना २ ख ९२१५ नम्बरको ट्रक हिलिहाङ गाउँपालिका–७ हेवा खोलामा साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा हिलिहाङ–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको हो । गम्भीर घाइते तामाङको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकका चालक ४५ वर्षीय पारसमणि थापा र ३१ वर्षीय जीवन गदाइली घाइते भएका छन् । घाइतेमध्ये चालक थापाको अवस्था गम्भीर छ । घाइतेको पाँचथरमै उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार