बाढीमा बेपत्ता भएको २९ दिनपछि मजदुरको शव भेटियो

सोमबार, ०१ साउन २०८०
विराटनगर । संखुवासभामा बाढीमा बेपत्ता भएको २९ दिनपछि एकजना मजदुरको शव फेला परेको छ । बाढीले बगाएका सुपर हेवा हाइड्रोपावरका एक मजदुरको शव फेला परेको हो । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । आइतबार चैनपुर नगरपालिका–४ मा सुपर हेवा हाइड्रोपावरको कम्पाउन्डमा पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । गत असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता २२ मध्ये चैनपुर नगरपालिका ४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए । तीमध्ये २ जनाको शव हालसम्म फेला परिसकेको छ । बेपत्ता भएका १८ जना अझै फेला परेका छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार