पत्रकार अधिकारीलाई डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार

आइतबार, ०७ साउन २०८०
झापा । पत्रकार दिपक अधिकारीलाई यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल झापाले देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको २१ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील अधिकारी नौलो आवाज साप्ताहिका प्रकाशक तथा सम्पदक हुन् । भद्रपुर निवासी अधिकारीले ग्रामीण क्षेत्रमा रहेर खोज पत्रकारितामा कलम चलाउँदै आएका छन् । कोशी प्रदेशका मन्त्री राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई नगदसहित पुरस्कार हस्तान्तरण गरे । प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले सहभागीको स्वागत गरेका थिए । पुरस्कृत अधिकारीबारे प्रेस सेन्टरका सह इञ्चार्ज झुलन रेग्मीले चर्चा गरेका थिए । देबकुमार आचार्य (डी कौडिन्य) को चर्चा प्रेस सेन्टरका केन्द्रीय सचिव बिमल लामिछानेले गरेका थिए । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष बिबेक गौतम, प्रेस सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य, सरु न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), पार्टीका झापा सह–इन्चार्ज सीपी कडरिया, नेपालपत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, स्वतन्त्र पत्रकार समूह झापाका अध्यक्ष नरेन्द्र ढकाल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना दिएका थिए । कार्यक्रम प्रेस सेन्टर झापाका सचिव पुष्प खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार